मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुवास भट्ट काठमाडौं
२०७९ माघ १२ बिहीबार २२:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खानेपानीको अनुज्ञापत्र दिन डेढ लाख घुस, खाद्य प्राविधिक रंगेहात पक्राउ

Read Time : < 1 मिनेट
सुवास भट्ट, काठमाडौं
२०७९ माघ १२ बिहीबार २२:२९:००

जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन डेढ लाख घुस लिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका आठौँ तहका खाद्य प्राविधिक योगेन्द्र ढुंगेललाई डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा विभाग कम्पाउन्डबाटै पक्राउ गरेको हो । 

उनले जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन सेवाग्राहीसँग घुस लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । 

घुस रकम लिएर विभाग कम्पाउन्डबाट बाहिर निस्किनै लाग्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । ढुंगेलविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।