मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १२ बिहीबार १५:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक सञ्जाललाई पनि नियमन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १२ बिहीबार १५:३३:००

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल पनि आमसञ्चारमाध्यमको रूपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित आमनिर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले अनुगमन गर्न सक्छ कि सक्दैन ? भनी प्रश्न गरे । उनले सबै सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित हुने सामग्रीहरू स्वतः आउने गरी सफ्टवेयरको विकास गर्न पनि काउन्सिललाई आग्रह गरे ।

‘अहिले सामाजिक सञ्जाल पनि समाचारमाध्यमको रूपमा स्थापित हुन खोज्दै छन् । यिनलाई कहाँ, कसले हेर्ने हो ? सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन, त्यो अर्को पाटो हो । तर, यसलाई पनि अब समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन । एउटा दायरामा ल्याएर यसको  व्यवस्थापन र नियमनको पनि कुरा गर्नुपर्छ,’ थपलियाले भने ।