मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ ९ सोमबार ११:४४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सपिङ जाँदा यी कुरामा ध्यान दिनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ ९ सोमबार ११:४४:००

लिस्ट बनाउनुस्  
सपिङको प्लान बनाउँदा सबैभन्दा पहिले तपाईंले किन्नुपर्ने सामानको लिस्ट तय गर्नुपर्छ । के किन्ने र कति खर्च गर्ने भन्ने योजना बनाउनुभयो भने सहज हुन्छ । किनकि, कतिपय मानिस बजारमा पुगेपछि आफू के किन्न आएको हुँ भन्ने नै बिर्सन्छन् । लिस्ट बनाउँदा समय बचत हुन्छ र आवश्यक सामानमा मात्रै तपाईंको ध्यान जाँदा अनावश्यक सामानमा खर्च हुन पाउँदैन । 

हतारमा नगर्नुस् 
हतारमा सपिङ गर्दा न सामान राम्ररी चेकजाँच गर्न पाइन्छ, न त मज्जाले चाहेजस्तो सामान रोज्न नै पाइन्छ । जस्तो, हतारमा मानिसहरू कपडा किनिहाल्छन् र पछि उनीहरूलाई त्यही कपडा मन पर्दैन । त्यसैले सपिङका लागि पर्याप्त समय निकाल्नुस् र त्यसपछि मात्रै बजार जानुस् । 

आवश्यकता 
तपाईंले त्यही सामान लिनुस्, जो तपाईंलाई आवश्यक पर्छ । यदि रङ मन पर्दैन भने नकिन्नुस् । कपडा खरिद गर्दा कलर कम्बिनेसन मिलाएर मात्रै किन्नुस् ।