मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
रासस काठमाडौं
२०७९ माघ ८ आइतबार १३:३२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०७९ माघ ८ आइतबार १३:३२:००

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज रु. एक लाख पाँच हजार तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख चार हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रु. एक लाख चार हजार सात सय थियो । 

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार तीन सय ७५ कायम रहेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।