१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सूर्योदयपछि मात्रै मर्निङ वाक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:५४:oo

जाडोयाममा घाम लागेर तापक्रम हल्का बढेपछि मात्रै घरबाट निस्कनुपर्छ । शरीरलाई न्यानो बनाइराख्नका लागि बाहिर निस्कँदा पर्याप्त कपडा लगाउनुपर्छ । मर्निङ वाकबाट फर्कंदा पसिनाले कपडा भिजेको हुन्छ । त्यसलाई परिवर्तन गर्नुपर्छ । शरीरबाट पसिना पुछ्नुपर्छ । 

बिहानै ५–६ बजे वाकमा निस्कने गल्ती नगर्नुस् । यस्तो गर्दा चिसोले उल्टै विभिन्न समस्या निम्त्याउँछ । दीर्घरोगीहरूका लागि यो झनै घातक छ । बिहानै निस्कँदा ब्लडप्रेसर हाई हुने सम्भावना हुन्छ । प्यारालाइसिस, हर्टअट्याक हुन सक्छ ।

मस्तिष्कघात, जोर्नी दुखाइ, दम बढ्नेलगायतका समस्या देखिन सक्छ । कतिपय पुराना रोगहरू पनि बल्झने हुन्छ । चिसोले एलर्जीसमेत हुन सक्छ । त्यस्तै, कुहिरो लागेको वेला मर्निङ वाकमा निस्कनुहुँदैन । धुलोका कण माथिमाथि हुन्छ र त्यो शरीरमा प्रवेश गर्न सक्छ । जसले स्वास्थ्यमा नकारात्मक असर बढी हुन सक्छ । 

मर्निङ वाक भर्खरै थाल्नुभएको छ भने धेरै लामो यात्रा नगर्नुस् । सुरुवातमा २० देखि ३० मिनेटको हिँडाइ नै पर्याप्त हुन्छ । बिस्तारै समय बढाउँदै जानुपर्छ । एकै दिन धेरै हिँड्नुहुँदैन । हप्तामा सातै दिन वाकमा निस्कनुपर्छ भन्ने छैन । पाँच दिन वाक गर्नु राम्रो मानिन्छ ।

ad
ad