१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहकाे निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:५३:oo

नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो काेइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ। उनलाई पक्राउ गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो।

हत्या आरोपमा तारेख गुजारी फरार महतोलाई पक्राउ गरी कानुनबमोजिम कारबाही अघि बढाउन गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।महोत्तरी- १ बाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई हराउँदै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।  

दुई वर्ष पहिले २०७७ मंसिर १९ गते जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै जनकपुर उच्च अदालतले महतोलाई पुर्पक्षका लागि थुनामै राख्ने  आदेश दिएको थियो। उच्च अदालतको आदेशपछि तारेख लिन नपुगेका महतो हाल अदालतको फरार सूचीमा छन्।

 


 

ad
ad