१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

केमिकलयुक्त मेहदीले गर्छ छालामा असर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२o:oo

विवाहको मौसममा दुलही र पार्टीमा जाने महिलासमेतले मेहदी लगाउने गर्छन् । सुन्दरताका दृष्टिले मेहदी लगाउनु राम्रो हो । यसको प्रयोग प्राचीन समयदेखि नै हुँदै आएको छ । तर, मेहदीले कतिपयलाई नकारात्मक असर पनि गरिरहेको हुन्छ । यसतर्फ पनि ध्यान दिनुपर्छ । 

पछिल्लो समय बजारमा विभिन्न प्रकारका केमिकल मिसिएका मेहदी पाइन्छन् । यस्ता मेहदीले सुन्दर देखाए पनि स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ । त्यसैले मेहदी चयन गर्दा ध्यान दिनुपर्छ । केमिकल मिसाइएका होइन, प्राकृतिक रूपमै तयार गरिएका मेहदी प्रयोग गर्नुपर्छ । 

मेहदीले छालामा एलर्जी हुने, पानीफोका हुने, छाला फुट्नेजस्ता समस्या देखा पर्न सक्छन् । मेहदी लगाएको हातले शरीरका अन्य भाग छोएमा पनि असर गर्न सक्छ । नाक र आँखा पनि एलर्जी हुन सक्छ । 

मेहदीको गन्धले कतिपयलाई सास फेर्न गाह्रो हुन्छ । त्यसैले लगाउनुअघि बजारमा कस्ता खालको मेहदी आएको छ, बुझेर मात्रै  लगाउने गर्नुपर्छ । 

ad
ad