मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ४ बुधबार १०:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सनराइज क्यापिटलको विशेष छुट योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ४ बुधबार १०:४९:००

सनराइज क्यापिटलले स्थापनाको ३० वर्ष पूरा गरेको अवसर पारेर विभिन्न छुट योजना ल्याएको छ । नेपालको मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने पहिलो कम्पनीका रूपमा १ माघ ०४९ मा एनआइडिसी क्यापिटल मार्केट्सको नामबाट सञ्चालनमा आएको कम्पनी २८ माघ ०७३ पछि सन्राइज बैंकको सहायक कम्पनीका रूपमा सन्राइज क्यापिटलका नामबाट सेवा दिँदै ३० वर्ष पूरा गरेको हो ।

कम्पनीले ल्याएका योजनाहरूमा ३० दिनका लागि निःशुल्क डिम्याट खाता, ३० दिनका लागि निःशुल्क मेरो सेयर खाता रहेका छन् । त्यस्तै, लगानी व्यवस्थापन सेवाको इन्ट्री लोड शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

३० लाख र सोभन्दा माथिको लगानी व्यवस्थापनका लागि इन्ट्री लोड ३० दिनका लागि निःशुल्क गरेको कम्पनीले उल्लेख गरेको छ । साथै, संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट दिएको कम्पनीले जनाएको छ ।