१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ३ मंगलबार १७:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशभरका तुइन विस्थापित गरेर झोलुंगे पुल बनाउँछु : विक्रम पाण्डे

‘पश्चिम क्षेत्रमा हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार १७:o४:oo

नवनियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुंगे पुल बनाउने प्रतिबद्धता जनाएका छन्।

मंगलबार सहरी विकासमन्त्रीको शपथग्रहणपछि पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले यस्तो प्रतिबद्धता गरेका हुन्। उनले तुइन हटाएर झोलुंगे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने प्रस्ट पारे।

मन्त्री पाण्डेले अब नेपालको कालीगण्डकी क्षेत्रमा हरेक आधा घण्टाको फरकमा झोलुंगे पुल निर्माण गरिने बताए। ‘एक ठाउँबाट अर्को ठाउँमा जानको लागि पश्चिमतिर भएको दर्दानक तुइनबाट खसेर मानिसहरूको मुत्यु भएको छ। त्यो काम अहिलेसम्म पनि पूरा गर्न सक्दैन भने मन्त्रालयको स्थापना गरेर काम छैन,’ उनले भने, ‘त्यहाँ सबैभन्दा पहिला तुइन हटाएर झोलुंगे पुल बनाउने काम पूरा गरिन्छ। हरेक आधा घण्टाको फरकमा झोलुंगे पुल हुन्छ।’

मन्त्री पाण्डेले सुरु भएर पनि सम्पन्न नभएका काम तत्काल पूरा गर्नका लागि आफू मन्त्रालयमा आएको बताए। उनले आफूलाई सहरी विकास मन्त्रालयअन्तर्गत विकास निर्माणका काम किन नभएको सबै थाहा भएको जिकिर गर्दै सबै समस्या समाधान गर्दै मन्त्रालयलाई विगतको भन्दा फरक रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए।