१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

लुम्बिनीका मुख्यमन्त्रीले ५ गते विश्वासको मत लिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:५५:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही माघ ५ गते बिहीबार विश्वासको मत लिने भएका छन् । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा आएको जानकारी दिए ।

उनका अनुसार यससम्बन्धी कार्यसूची बुधबार बन्नेछ । बिहीबार संसद् बैठक दिउँसो १ बजे बस्दै छ । सोही संसद् बैठकबाट गिरीले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

लुम्बिनी प्रदेशमा गत पुस २७ गते एमालेका पोलिटब्युरो सदस्य गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश प्रमुखसमक्ष गिरीले ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । दाबी पेसपछि प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । गिरीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० दलमध्ये सात दल र दुई स्वतन्त्र सांसदसमेत गरी ५८ सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए ।

उनलाई एमालेका २९, माओवादी केन्द्रका १० (एक स्वतन्त्र माओवादी प्रवेश गरेपछि), राप्रपा र नागरिक उन्मुक्तिका चार–चार तथा जसपा, लोसपा र जनमत पार्टीका तीन–तीन सांसद र दुई स्वतन्त्र सांसदको समर्थन छ । प्रदेशमा कांग्रेसका २७ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् ।

ad
ad