१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १३:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यस्तो रह्यो नवनियुक्त मन्त्रीहरूको शपथग्रहण (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:५६:oo

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्का नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । 

शीतलनिवास कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरूले शपथ लिएका हुन् । 

राष्ट्रपतिले सबैभन्दा पहिले उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीका रूपमा राजेन्द्र लिङ्देनलाई शपथग्रहण गराइन् । त्यसपछि मन्त्रीहरूलाई शपथ गराइएको थियो । 

एमालेबाट हरि उप्रेतीले रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीले स्वास्थ्य, भगवती चौधरीले महिला, बालबालिका, ज्वालाकुमारी साहले कृषि र राजेन्द्र राईले भूमि व्यवस्था सहकारी मन्त्रीको शपथग्रहण गरे । 

यस्तै, राप्रपाबाट ध्रुवबहादुर प्रधानले कानुन, विक्रम पाण्डेले सहरी विकासमन्त्रीको शपथ लिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रममन्त्रीमा डिपी अर्यालले शपथ लिए । 

माओवादीका रेखा शर्माले सूचना प्रविधि तथा सञ्चार, सुदन किराँतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  र अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथ लिए । 

यस्तै, यसअघि विनाविभागीय मन्त्री रहेका जनमत पार्टीका अब्दुल खानले वन मन्त्रीको पनि शपथग्रहण गरे । 

आजै राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री प्रचण्डले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहलाई शपथग्रहण गराए । 

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत उपस्थित थिए । 

 

 

ad
ad