मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Wednesday, 18 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o७९ माघ ३ मंगलबार ११:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जानकारीविनै प्रधानाध्यापक ३८ दिनदेखि लगातार विद्यालयमा अनुपस्थित

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार ११:३५:oo

कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक झन्डै डेढ महिनादेखि विद्यालयमा उपस्थित भएका छैनन् । भीमदत्त नगरपालिका– १३ बडैपुरस्थित वैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खडकसिंह ऐडी ३८ दिनदेखि विद्यालयमा उपस्थित नभएका हुन्। 

प्रअ ऐडी विद्यालयमा कुनै आधिकारिक जानकारी, निवेदनविनै लामो समयदेखि गायब भएको विद्यालयले जनाएको छ । विद्यालयका निमित्त प्रअ जयबहादुर विष्टले कुनै जानकारीविनै प्रअ २५ मंसिरदेखि नियमित ३ माघसम्म विद्यालयमा हाजिरी नभएको बताए । ‘प्रअज्यू विद्यालयमा निवेदन र कुनै जानकारीविनै आजसम्म उपस्थित हुनुभएको छैन,’ उनले भने, ‘एकातिर प्रशासन, पठनपाठन र विद्यालयको नीतिगत वृद्धि विकासमा समेत बाधा पुगेको छ ।’ निमित्त प्रअ विष्टका अनुसार प्रअ ऐरीले कक्षा ८, ९ र १० मा समेत गणित विषय अध्यापन गर्दै आएका छन् । ‘प्रअ आफैँ डेढ महिनादेखि विद्यालयमा आएका छैनन्,’ उनले भने, ‘विद्यार्थीको पढाइमा बढी मार खेप्नुपरेको छ ।’ 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पन्तले नियमित लामो समयदेखि प्रअ नै विद्यालयमा नआएपछि समस्या भइरहेको बताए । ‘एकातिर पठनपाठन, अर्कातिर प्रशासन र शिक्षक–कर्मचारीलाई तलब खुवाउनसमेत समस्या भएको छ,’ उनले भने, ‘यसबारे पटकपटक नगर र जिल्ला शिक्षा कार्यालयमा अवगत गराउँदासमेत कुनै पहल भएको छैन।’ 

स्थानीय अगुवा महेश भट्टले प्रअ नै लामो समयदेखि विद्यालयमा विनाजानकारी अनुपस्थित भएकाले विद्यार्थीको भविष्य चौपट भइरहेको बताए । प्रअ खडकसिंह ऐरीले आफू बिरामी भएका कारण पनि विद्यालयमा पूरै समय नबस्ने गरेको बताए । उनले आफूले बिहान ८ बजेदेखि ८, ९ र १० कक्षा पढाएर घर जाने गरेको बताए ।

अनि यत्रो महिनौँ हाजिरी किन नगरेको भन्ने प्रशनमा प्रअ ऐडीले आफ्नो पिरियड बिहान राखेर पढाएर जाने र सो वेला विद्यालय बन्द हुँदा हाजिर छुटेको बताए । ‘विद्यालयमा हुँदा प्रशासन खुलेको हुँदैनथ्यो,’ उनले भने, ‘म विद्यालय बिरामी भएका कारण दिनभरि बस्न सक्दिनँ, त्यही भएर हाजिरी छुट्यो ।’ अब नियमित विद्यालयमा जाने र बस्ने उनले बताए । भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले उक्त विद्यालयमा प्रअ अनुपस्थितबारे सम्बन्धित विद्यालयमा बुझिने बताए ।