स्टाइलिस बन्न आफ्नो शारीरिक सेपअनुसार कपडा लगाउन जरुरी हुन्छ । त्यस्तै, पेसासुहाउँदो पहिरन लगाउनु पनि उत्तिकै महŒवपूर्ण हुन्छ । मौसम र तपाईंको उमेरअनुसार कपडा छनोट गर्नुपर्छ । बजारमा चलेको फेसन ट्रेन्डलाई ख्याल गरेर पहिरन किन्दा राम्रो हुन्छ ।
तपाईं नाइट पार्टीमा जाँदै हुनुहुन्छ भने चम्किलो रङको कपडा लगाउँदा आकर्षक देखिन्छ । फर्मल पार्टी वा सभा समारोहमा जाँदै हुनुहुन्छ भने फर्मल पहिरन नै लगाउँदा राम्रो हुन्छ । यसले तपाईंलाई सरल र शान्त लुक्स दिन्छ । पहिरनका लागि तपाईंले आफूमा ड्रेस सेन्सको विकास गर्न जरुरी छ । अर्थात्, कस्तो कपडा आफूलाई सुहाउँछ भन्ने विषयमा ध्यान दिनुपर्छ । कलर कम्बिनेसनमा सधैँ ध्यान दिनुपर्छ ।पाइन्ट छान्दा सही लेन्थको छान्नुस् । तपाईंको पाइन्टको लेन्थ धेरै लामो भयो भने राम्रो देखिँदैन । धेरै छोटो पनि सुहाउँदैन ।
घडीले पनि तपाईंको व्यक्तित्वलाई खुलाउन मद्दत गर्छ । फर्मल ड्रेसमा लेदरवाला वा सिम्पल मेटल वाच लगाउनुस् । लेदर वाच लगाउँदा त्यसलाई आफ्नो लेदर बेल्ट र जुत्ताको कलरसँग म्याच गर्नुपर्छ । क्याजुअल ड्रेसमा तपाईं स्पोर्टस् वाच लगाउन सक्नुहुन्छ ।
जुत्तामा विशेष ध्यान दिनुपर्छ । तपाईंले लगाउने कपडासँग जुत्ताको कलर कम्बिनेसन मिलाउनुपर्छ । सुन्दर देखिन राम्रो हेयर कट पनि आवश्यक पर्छ । आफूसुहाउँदो हेयर स्टाइल गर्नुपर्छ ।