१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २ सोमबार १२:o८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शिवम् सिमेन्ट्सको अध्यक्षमा गोयल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २ सोमबार १२:o८:oo

शिवम् सिमेन्ट्सको अध्यक्षमा गौरव गोयल चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले गोयललाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि कम्पनीको सातौँ साधारणसभाले चारवर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारू, गौरव सारडा र शैलजा राई गरी पाँचजनालाई सञ्चालकमा निर्वाचित गरेको थियो । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालक पदमा नियुक्ति गर्दै ६ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । 

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको वार्षिक साधारणसभामा आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।