१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ माघ २ सोमबार ११:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खुलेनन् सर्लाहीका सात छोटी भन्सार

Read Time : < 1 मिनेट
२०७९ माघ २ सोमबार ११:२०:००

 द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझै सञ्चालनमा नआउँदा सीमानाकाबाट चोरी–तस्करी बढेको छ । भारतसँग ५१ किलोमिटर खुला सिमानामा जोडिएका जिल्लामा सातवटा छोटी भन्सार कार्यालय छन् भने एउटा मुख्य भन्सार कार्यालय छ । सबै छोटी भन्सार कार्यालय बन्द छन् । गोरखकाली नाकामा रहेको मुख्य भन्सार कार्यालय मात्र सञ्चालनमा छ । 

छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेका छन् । छिमेकी देश भारतसँग खुला सिमाना हुनु र नजिकै नेपाली बजार नहुँदा दैनिक उपभोग्य सामग्रीका लागि भारतीय बजारमाथि भर पर्नुपर्ने हुँदा सीमा क्षेत्रका साना व्यापारी तथा स्थानीयवासी मारमा परेको स्थानीय जानकार उमाशंकर साहले बताए । जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सामान्य र सानो परिमाणमा सामान ल्याउनुपर्दा पनि भन्सार बुझाउन जिल्ला भन्सार कार्यालयमै पुग्नुपर्ने बाध्यता छ ।

जिल्लाका सात छोटी भन्सार कार्यालय सञ्चालन नहुँदासमेत सरोकारवाला निकाय मौन छ । भारतसँग खुला सिमाना जोडिएका संग्राममपुर, पर्सा, त्रिभुवननगर, भाँडसर, फेन्हरा, बारा उद्योरण र बलरा छोटी भन्सार कार्यालय र मलंगवा जिल्ला भन्सार कार्यालय अहिले बन्द छन् ।

छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लामा तस्करी मौलाएको र राजस्व पनि कम उठ्न थालेको स्थानीय रघुनाथ यादवले बताए । पछिल्लो समय त्रिभुवननगर र बलरामा रहेका छोटी भन्सार कार्यालयमा कार्यालय सहयोगी राखेर छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याइएको छ । छोटी भन्सार कार्यालय बन्द हुँदा राजस्वमा ह्रास आएको जिल्ला भन्सार कार्यालयका प्रमुख दीपेन्द्रकुमार झाले बताए । माथिल्लो तहबाट छोटी भन्सार कार्यालय सञ्चालनका लागि कुनै निर्देशन नआएको र आफूहरूले मात्रै निर्णय गरेर कार्यालय खुलाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।