टप लोड वासिङ मेसिन
टप लोड वासिङ मेसिनमा कपडालाई मेसिनको माथिपट्टिको भागबाट हालिन्छ । सानो परिवारलाई ५–६ केजीको मेसिन किन्दा हुन्छ, जसको मूल्य २५ हजारदेखि ४० हजारसम्म पर्न आउँछ । सातदेखि १० केजीसम्मको मेसिनमा ठूलो परिवारको कपडा धुन मिल्छ । जसको मूल्य ४० देखि ८० हजारसम्म पर्छ । यो सुरक्षित पनि हुन्छ । सबै बटन माथिपट्टि हुने भएकाले बालबच्चाबाट सुरक्षित हुन्छ । तर, यसले पानी धेरै खपत गर्छ ।
फ्रन्ट लोड वासिङ मेसिन
फ्रन्ट लोड वासिङ मेसिनले पानी कम खपत गर्छ । टप लोडको तुलनामा यसले धेरै चाँडो र सफा गरेर कपडा धुन्छ । फ्रन्ट लोड वासिङ मेसिनमा कपडालाई मेसिनको अगाडिपट्टिको ढोकाबाट हालिन्छ । यसमा बाफबाट कपडा सफा गर्न मिल्छ । बिजुली बत्ती पनि यसले कम खपत गर्छ । ५–६ केजीको फ्रन्ट लोड मेसिनको नेपाली बजारमा मूल्य ३०–४० हजार रुपैयाँ पर्न आउँछ भने ७–१० केजीलाई ७० देखि एक लाखसम्म पर्छ ।