मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ १ आइतबार ११:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रुपन्देहीका चन्द्रले जिते  होन्डाको दसैँ अफर १५ लाख नगद 

Read Time : < 1 मिनेट
२०७९ माघ १ आइतबार ११:०५:००

होन्डाको दसैँ शुभलाभ बम्पर अफरअन्तर्गत रुपन्देहीका चन्द्रबहादुर थापाले १५ लाख रुपैयाँ जितेका छन् । सिद्धिविनायक अटो मोबाइल्स प्रालिले तिलोत्तमा नगरपालिका–१४ का थापालाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीका प्रबन्ध निर्देशक सुरज क्षेत्रीले बताए । थापाले गत दसैँमा एसपी साइन मोटरसाइकल खरिद गरेका थिए । 

स्याकार ट्रेडिङ कम्पनीले सार्वजनिक गरेको दसैँ–तिहारको ‘होन्डा छ साथसाथ, दसैँ शुभलाभ, बम्परमा १५ लाख’ भन्ने नारासहितको नगद उपहार कार्यक्रम लन्च गरेको थियो । देशभरिबाट लककी ड्रमार्फत उनी विजेता बनेका हुन् ।

भैरहवास्थित सोरुममा आयोजित कार्यक्रममा पुरस्कार रकम प्रदान गर्दै प्रालिका अध्यक्ष सुनीलकृष्ण श्रेष्ठले चिट्ठा कार्यक्रम ग्राहकलाई झुक्याउनका लागि मात्र भएको भन्ने मानसिकता छाड्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मराज न्यौपानेले निजी क्षेत्रमा लगानी गरी सञ्चालन भइरहेका सवारीसाधनका व्यावसायिक प्रतिष्ठानले भैरहवा क्षेत्रमा राम्रो सफलता प्राप्त गरेको बताए । नगद पुरस्कार हस्तान्तरण कार्यक्रममा होन्डा म्यानेजमेन्ट जापानका सातजना प्रतिनिधिको  समेत सहभागिता रहेको थियो ।