.2022-04-07-06-28-52.jpeg)
नेपाल राष्ट्र बैंकले नेपालमा बसोवास गरी विदेशमा कुनै पनि प्रकारको लगानी गर्न नपाइने प्रस्ट पारेको छ । बैंकले विज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐनले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र तोकिएको व्यवस्थाबाहेक कानुनविपरीत विदेशमा लगानी गरेको भेटिएमा कारबाही गरिने जनाएको हो ।
राष्ट्र बैंकले भनेको छ, ‘कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरू जस्तै : विदेशमा घर–जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार (सोसम्बन्धी प्रचार–प्रसारसमेत) र यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्नू–नगराउनू ।’ गरे वा गराएको पाइएमा कानुनबमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ ।