मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७९ पौष २९ शुक्रबार १८:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीका सभामुख पाठकले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार १८:३o:oo

बागमती प्रदेश सभाका नवनिर्वाचित सभामुख भुवन पाठकले पद तथा गोपनियताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुक्रबार दिउँसो पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सभामुखको सपथ कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, विनाविभागीय मन्त्री उद्धव थापा लगाएतको उपस्थिति रहेको थियो।

पाठक शुक्रबार नै बागमती प्रदेशको सभामुखमा निर्वाचित भएका हुन्। शुक्रबार बसेको बागमती प्रदेश सभा बैठकमा पाठकलाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ६२ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो। कुल ११० सदस्यीय प्रदेशसभामा १०९ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए। 

पाठकलाई सत्ता गठबन्धन दल एमाले, माओवादी, राप्रपा र हाम्रो नेपाली पार्टीका संसादहरुको समर्थन थियो। प्रदेशमा एमालेका २७, माओवादीका २१, राप्रपाका १३ र हाम्रो नेपाली पार्टीका २ जना सांसदहरु छन्।

प्रदेशसभाका सभाध्यक्ष (ज्येष्ठ सदस्य) रामप्रसाद ढुङ्गानाले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन्। सभामुखमा चयन हुन ५५ मत आवस्यक रहेकोमा पाठकको पक्षमा ६२ मत परेको थियो। उनको विपक्षमा ३९ मत खसेको थियो भने एकीकृत समाजवादीका ७ जना सांसदहरु तटस्थ बसेका थिए।

यसैगरी कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षम ३७ र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सायजूलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षम ३ मत प्राप्त भएको थियो।