मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २८ बिहीबार १८:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षद्वारा शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार १८:o४:oo

लुम्बिनी विकास बैंक लिमिटेडको नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।

१५औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित सञ्चालकहरूमध्येका भट्टराईलाई सञ्चालक समितिको पहिलो बैठकले सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको थियो। नवनियुक्त अध्यक्ष भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको उच्च शिक्षा हासिल गरेका छन्।