१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Saturday, 28 September, 2024
२o७९ पौष २८ बिहीबार १६:४५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्रीसहित दुई मन्त्रीले खाए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार १६:४५:oo

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासहित दुई मन्त्रीले शपथ खाएका छन्। मुख्यमन्त्री शर्मासहित विनाविभागीय मन्त्रीका रूपमा एमालेका विनोद शाह र माओवादी केन्द्रका मंगलबहादुर शाहीले शपथ खाएका हुन्।

मुख्यमन्त्री शर्मा, विनाविभागीय मन्त्री शाह र शाहीलाई कर्णाली प्रदेशका प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्। विनाविभागीय मन्त्री भएका शाह दैलेख निर्वाचन क्षेत्र २ प्रदेश सभा (२) बाट र शाही मुगु प्रदेश सभा निर्वाचन क्षेत्र (२)बाट निर्वाचित सांसद हुन्।

अहिले विनाविभागीय मन्त्री भएका शाह र शाहीलाई दुई पार्टीबीच छलफल गरेर मन्त्रालय तोक्ने सहमति भएको एमाले र माओवादी केन्द्रका नेताहरूले बताएका छन्।