१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Tuesday, 02 July, 2024
कृष्ण रिजाल काठमाडाैं
२o७९ पौष २७ बुधबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘निजी झिटीगुन्टा भारी’सम्बन्धी विद्यमान व्यवस्था संशोधन गरिँदै : श्रमिकलाई थप मोबाइल ल्याउन दिने तयारी

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार o६:२२:oo

सरकारले विदेशबाट फर्कने नेपाली श्रमिकलाई उनीहरूले प्रयोग गरिरहेकोबाहेक अतिरिक्त मोबाइल सेट ल्याउन दिने भएको छ । यसका लागि अर्थ मन्त्रालयले  विद्यमान ‘निजी झिटीगुन्टा’सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने तयारी थालेको छ । अहिले भन्सार कार्यालयले विदेशबाट फर्किएका नेपालीले साथमा ल्याएको एउटा मोबाइल सेटमा मात्रै भन्सार छुट दिँदै आएको छ ।

अतिरिक्त मोबाइल सेट ल्याउँदा कार्यालयले १८ प्रतिशतसम्म कर लगाउँदै आएको छ । विद्यमान व्यवस्थाको चौतर्फी विरोध भएपछि सरकारले त्यसलाई परिवर्तन गरेर विदेशबाट फर्कने श्रमिकलाई अतिरिक्त मोबाइल ल्याउन दिने तयारी थालेको हो । 

सरकारले १० जेठ ०७७ मा निजी झिटीगुन्टासम्बन्धी व्यवस्थाका लागि राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार विदेशबाट फर्कने नेपालीले आफ्नो साथमा एक थान मोबाइल सेट ल्याउन पाउँछन् । ‘घडी–स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन, पेनड्राइभ एक–एक थान ल्याउँदा भन्सार छुट लाग्दैन,’ सूचनामा उल्लेख छ, ‘तोकिएको भन्दा बढी ल्याएमा मदिराको हकमा जफत हुन्छ भने अरू उल्लेख भएका सरसामानको हकमा औचित्य हेरी स्वीकृति दिन सकिनेछ ।’ 

यस व्यवस्थालाई संशोधन गर्ने विषयमा छलफल अघि बढेको अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए । ‘झिटीगुन्टासम्बन्धी व्यवस्थामा रिभ्यु भइरहेको छ, अहिलेको व्यवस्थाको मूल्यांकन–विश्लेषण गरिएको छ,’ उनले भने, ‘अब के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन भन्सार विभागलाई निर्देशन दिएका छौँ ।’ भन्सार विभागले ल्याउने प्रस्तावलाई हेरेर झिटीगुन्टासम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरिने उनले बताए ।  

रेमिट्यान्सका आधारमा सुविधा
भन्सार विभागले नेपालमा रेमिट्यान्स भित्र्याएका–पठाएका आधारमा विदेशबाट फर्किएका नेपालीलाई मोबाइल सेटलगायत सामग्री भित्र्याउँदा निश्चित संख्यामा भन्सार नलगाउने प्रस्ताव अघि बढाएको छ । खासगरी विदेशबाट फर्किएका नेपाली श्रमिकलाई सहजीकरण गर्ने विषयमा सुझाव तयार भइरहेको विभागका महानिर्देशक चक्रबहादुर बुढाले बताए । ‘विद्यमान व्यवस्था संशोधन गर्ने काम मन्त्रालयको हो, हामीले चाहिँ सुझाव दिने हो,’ उनले भने ।

 प्रधानमन्त्रीको निर्देशनपछि सहजीकरणको उपाय खोजिँदै 
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वनका लागि भन्दै भन्सार विभागले यात्रुले अतिरिक्त मोबाइल सेट ल्याएमा जफत गर्ने सूचना जारी गर्‍यो । विदेशबाट अतिरिक्त मोबाइल ल्याउँदा थप एउटाको भन्सार तिरेर प्रज्ञापनपत्र लिनुपर्ने र त्यसभन्दा बढी मोबाइल जफतसम्म हुने व्यवस्था गरिएपछि विदेशमा रहेका नेपालीले विरोधस्वरूप ‘नो रेमिट्यान्स’ ह्यासट्याग अभियानसमेत चलाए । त्यसपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ व्यवस्था तत्काल कार्यान्वयनमा नलग्न र पुरानै व्यवस्था कायम राख्न मौखिक निर्देशन दिए ।

प्रधानमन्त्रीको निर्देशनपछि एमडिएमएस स्थगन भयो । तर, चलाइरहेकोबाहेक अतिरिक्त मोबाइल सेट ल्याउँदा भन्सार लिन भने छाडिएन । रेमिट्यान्स पठाउने श्रमिकलाई अतिरिक्त फोन ल्याउन दिनुपर्ने आवाज चौतर्फी रूपमा उठ्न थालेपछि प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किनेलाई सहजता दिलाउन निर्देशनसमेत दिए । प्रधानमन्त्रीको निर्देशनअनुसार वैदेशिक रोजगारीबाट फर्किएकालाई सुविधा दिने गरी झिटीगुन्टासम्बन्धी व्यवस्था संशोधन गरिने भएको हो ।

ad
ad
ad
ad