१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २६ मंगलबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २६ मंगलबार १४:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीले फेरि विघटनको कुरा उठाए, प्रचण्डको परीक्षाको घडी : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २६ मंगलबार १४:१६:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले अध्यक्षको सम्बोधनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। साेमबारको प्रतिनिधिसभा बैठकमा ओलीले संसद् विघटन गलत नभएको बताएका विषयमा देउवाले आपत्ति जनाएका हुन्।

‘प्रतिनिधिसभाको हिजो बसेको बैठकमा एमालेका अध्यक्ष वर्तमान सत्तागठबन्धनका नेताको सम्बोधनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उहाँले संविधानको पूर्णकालीन संसदीय व्यवस्थाविपरीत फेरि पनि संसद् विघटन गर्न सकिने कुरा जोडदार रूपमा उठाउनुभएको छ। संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौँ,’ सभापति देउवाले भने।

प्रधानमन्त्री प्रचण्डले आफू संविधानको रक्षाका पक्षमा उभिएकाले कांग्रेसले विश्वासको मत दिन लागेको देउवाले प्रस्ट पारेका छन्। उनले भने, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीले आग्रह गरेअनुसार संविधानको रक्षाका पक्षमा उहाँ उभिनुहुनेछ भन्ने विश्वासका साथ, मुलुकमा विद्यमान चुनौतीको सामना गर्दै देश र जनताको हितमा काम गर्नुहुन्छ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नुभएको प्रस्तावको पक्षमा नेपाली कांग्रेस मतदान गर्नेछ।’