१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बाल अस्पताल निर्माणका लागि मुक्तिनाथ विकास बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:४४:oo

मुक्तिनाथ विकास बैंकले झापाको दमकमा निर्माणाधीन बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । स्थापनाको १७औँ वर्ष प्रवेशको अवसर पारेर बैंकले प्रा.डा. भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामक संस्थाले निर्माण गरिरेहको अस्पताल भवनलाई सहयोग गर्ने सम्झौता गरेको हो । 

सम्झौतामा प्रा.डा. कोइराला र बैंकका अध्यक्ष भरतराज ढकालले हस्ताक्षर गरेको जनाइएको छ । बैंकले गरेको यो सहयोगबाट बालबालिकाको स्वास्थ्य उपचारमा आवश्यक पर्ने पूर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न तथा ग्राहकको सुविधाका लागि आफ्नो एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ । 

ad
ad