१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २४ आइतबार २o:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार २o:४५:oo

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । आज मध्यरातबाट लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। 

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा तीन रुपैयाँ प्रतिलिटर घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ कम गरेको छ। 

निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७५ तथा डिजेल र मट्टीतेलको मूल्य १७२ रूपैयाँ प्रतिलिटर पर्नेछ। नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ कायम भएको छ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ८ सय रूपैयाँ नै कायम छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा मूल्य कम गरिएको निगमले जनाएको छ।

यद्यपि, प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि निगमले मूल्य घटाएको हो। 

४ दिनअघि प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए। तर, वाणिज्य तथा आपूर्तिसचिव मधु मरासिनी उपत्यकाबाहिर रहेकाले तत्कालै कार्यान्वयनमा आउन सकेको थिएन। 

मूल्य घटाउने निर्देशन कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डले आज दिउँसो साढे ३ बजे आपूर्तिसचिव मरासिनी र निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।

त्यसपछि आज साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाई नयाँ मूल्य कायम गरेको हो।