सप्तरीको कञ्चनरूप नगरपालिकामा अत्यधिक चिसोका कारण एक वृद्धाको मृत्यु भएको छ। चिसोले कठ्यांग्रिएर कञ्चनरूप नगरपालिका– ३ मुसहर टोलकी ६५ वर्षीया दोमनीदेवी सदाको मृत्यु भएको हो।
आज बिहान ८ बजेतिर घुर ताप्ने क्रममा दोमनीदेवीको अचानक मृत्यु भएको स्थानीय भोगेन्द्र सदाले बताए। वडाध्यक्ष गुटेन चौधरीका अनुसार सदाका श्रीमानकाे तीन वर्षअघि मृत्यु भइसकेको छ भने २१ वर्ष र ३५ वर्षका दुई छोरा छन्।