Skip This
तोलामा हजारले बढ्यो सुनको मूल्य
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Tuesday, 13 May, 2025
रासस काठमाडौं
२o७९ पौष २४ आइतबार १२:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तोलामा हजारले बढ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार १२:५२:oo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार तीन सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. एक हजारले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन रु. एक लाख एक हजार आठ सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १५ ले बढेर प्रतितोला रु एक हजार तीन सय ८० पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।