१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २४ आइतबार ११:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

छिमेक लघुवित्तको एपबाट क्युआर भुक्तानी गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार ११:२८:oo

छिमेक लघुवित्त वित्तीय संस्थाले मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार सुरु गरेको छ। लघुवित्तले शुक्रबारदेखि मोबाइल बैंकिङ एपबाट क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवा सुरु गरेको हो।

यस सेवाअन्तर्गत कनेक्ट आइपिएस र फोनपे सर्भिसमार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थामा सजिलै फन्ड ट्रान्सफर गर्न सकिनेछ। साथै, युटिलिटी पेमेन्टको प्रयोगबाट विनाझन्झट बिल भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ।

लघुवित्तका सदस्यलाई मोबाइल एपबाट आफ्नो इकाई (केन्द्र) बैठकबारे जानकारी लिन सकिने र कारोबार सफल भएपश्चात् कारोबारको जानकारी रकमसहित सुन्न सक्नेछन्। आगामी तीन वर्षमा आफ्ना ४० प्रतिशत ग्राहक सदस्यसम्म मोबाइल बैंकिङ सेवा पुर्‍याउने लक्ष्य लिएको लघुवित्तले जनाएको छ।