१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २३ शनिबार o९:३२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गुल्मी विमानस्थलमा आइतबार ‘डेमो फ्लाइट’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार o९:३२:oo

गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा आइतबार ‘डेमो फ्लाइट’ हुने भएको छ । तारा एयरकोे ट्विनअटर जहाजले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट रेसुंगा विमानस्थलमा उडान गर्ने भएको हो । रेसुंगा नगरपालिकाको समन्वयमा डेमो फ्लाइट हुन लागेको मेयर खिलध्वज पन्थीले बताए ।

काठमाडौंदेखि गुल्मी पुग्न जहाजलाई ५० मिनेट समय लाग्ने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले जानकारी दिए । मौसम नबिग्रिए जहाज बिहान साढे १० बजे काठमाडौंबाट उडेर ११ः२० बजे रेसुंगा विमानस्थलमा अवतरण गर्नेछ । 

डेमो फ्लाइटमा गुल्मी–१ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एसकी सचिव रामकुमारी झाँक्री, प्रदेश सांसद धनेन्द्र कार्की, रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी, नियामक निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान)का अधिकारीहरू सवार हुने बताइएको छ । सांसद गोकर्ण विष्ट भने डेमो फ्लाइटमा जाने–नजाने अझै टुंगो भएको छैन । 

नवनिर्मित रेसुंगा विमानस्थलमा डेमो फ्लाइट गर्नका लागि क्यानले तारा एयरलाई २२ पुसमा अनुमति प्रदान गरेको छ । जहाज रेसुंगा विमानस्थलमा करिब एक घन्टा रोकिएर पुनः काठमाडौं फर्किनेछ । यसअघि २५ जेठ ०७५ मा ताराले नै कच्ची धावनमार्गमा सफलतापूर्वक परीक्षण उडान गरेको थियो । अहिले विमानस्थलको धावनमार्ग पक्की भइसकेको छ । रेसुंगा विमानस्थलमा करिब एक घन्टाको विशेष कार्यक्रम राखिएको मेयर पन्थीले जानकारी दिए । कार्यक्रममा गुल्मीबाट निर्वाचित प्रतिनिधिसभा सांसद, प्रदेशसभा सांसद, पूर्वसांसद, स्थानीय तहका जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, व्यवसायीलगायत सबै सरोकारवालाहरूको उपस्थिति रहने उनले बताए । 

नियमित उडान कहिलेदेखि ? 
रेसुंगा नगरपालिकासँगको समन्वयमा तारा एयरले नै गुल्मीमा व्यावसायिक उडान गर्ने तयारीमा छ । आइतबार डेमो फ्लाइट सम्पन्न गरेपछि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाउने मेयर पन्थीले बताए । यसअघि इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पनि इलाम नगरपालिका, पर्यटन बोर्ड र पर्यटन व्यवसायीसँग समन्वय गरेर ताराले व्यावसायिक उडान सुरु गरेको थियो । तर, पर्याप्त यात्रु नपाएपछि ताराले इलाम उडान स्थगित गरेको छ । गुल्मीमा भने हवाई यात्रुको अभावमा उडान स्थगित गर्नुनपर्ने मेयर पन्थीले विश्वास व्यक्त गरे ।