मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २० बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २० बुधबार १५:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनको स्वरूपमै आशंका छ, लामो जाँदैन : कांग्रेस प्रवक्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २० बुधबार १५:३२:oo

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले नयाँ गठबन्धनको आयु लामो नजाने दाबी गरेका छन्। बुधबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले यस्तो दाबी गरेका हुन्। 

उनले भने, ‘यो गठबन्धन लामो जाँदैन। विरोधाभासपूर्ण गठबन्धन छ। स्वाभाविक देखिँदैन। आफ्ना गुणलाई गौण राखेर पदका लागि प्रतिस्पर्धा छ। यसमा मैले आशंका देखेको छु। यसको स्वरूपमा आशंका छ।’ 

उनले गठबन्धन जारी रहन्छ भन्ने अपेक्षामा विश्वास रहेको बताए। बारम्बार जस्तोसुकै परिस्थिति आए पनि गठबन्धन भत्किँदैन भन्ने विश्वास प्रचण्ड र माधव नेपालले दिएकाका कारण आफूहरू त्यही विश्वासमा परेको उनले बताए। 

उनले भने, ‘प्रचण्ड र माधवजीले गठबन्धन भन्किँदैन भन्ने विश्वास दिलाउनुभयो। तर, अन्तिम समयमा किन गठबन्धन छाडेर जानुभयो भन्ने यो विषय विश्लेषण भइरहेको छ। यसको परिणामबारे मूल्यांकन भइरहेको छ। हामी बिचलित छैनौँ। उनले आफूहरू  कहीँ कतै वैकल्पिक समर्थन जुटाएर सरकार बनाउन प्रयास गरेनौँ। गठबन्धन टुट्न हामी दोषी छैनौँ।’