१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १९ मंगलबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १९ मंगलबार १९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जसपा–एकीकृत समाजवादी नजिकिँदै, जसपाले बनायो एकता वार्ता समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १९ मंगलबार १९:o७:oo

४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछिको परिवर्तित अवस्थाले जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई नजिक्याएको छ । यी दुई पार्टीबीच पछिल्ला केही दिनदेखि एकताका लागि अनौपचारिक छलफल चलिरहेका छन् । 

यसैबीच, जसपाको आज काठमाडौंमा बसेको राजनीतिक समितिले विचार मिल्ने शक्तिहरूसँग पार्टी एकताका लागि वार्ता समिति बनाएको छ । 

बैठकले नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको प्रवक्ता मनीष सुमनले जानकारी दिए । समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य छन् । 

एकीकृत समाजवादीको काठमाडौंमा जारी पार्टीका विभिन्न कमिटीका बैठकमा पनि विचार मिल्ने पार्टीहरूबीच एकताको चर्चा चलिरहेको छ । पछिल्लो समय एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच केही दिनअघि खनालनिवासमा छलफलसमेत भएको थियो । 

ad
ad
ad
ad