मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १९ मंगलबार १०:५७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिलका ग्राहकलाई मिदास एजुकेसनमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १९ मंगलबार १०:५७:००

नबिल बैंक र मिदास एजुकेसन प्रालिबीच बैंकका ग्राहकले मिदास इ–क्लासका पठनपाठनका सामग्रीमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा मिदाससँग समझदारी भएको हो । 

समझदारीअनुसार नबिलका ग्राहकले मिदास इ–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैयाँमा प्राप्त गर्न सक्ने जनाइएको छ । त्यस्तै, ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा २५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

समझदारीको मुख्य उद्देश्य खातावालालाई डिजिटल प्लेटफर्ममार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बैंकले उल्लेख गरेको छ । मिदास इ–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो । यसमा ट्युटोरियल भिडियो र विद्यालय पुस्तकका सबै पाठहरू अन्तक्र्रियात्मक रूपमा विकास गरिएको बैंकले जनाएको छ ।