बाग्लुङको निसीखोला गाउँपालिकामा आफ्नै श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । बाग्लुङको निसीखोला गाउँपालिका– ६ रोबाङका धनबहादुर घर्ती उनकी ३० वर्षीया श्रीमती मीना घर्तीलाई कुटपिट गरेर हत्या गरी फरार भएका छन् ।
गत शनिबार राति घर्तीले श्रीमती मीनालाई कुटपिट गरेको बताइएको छ । श्रीमतीको मृत्यु भएपछि घर्ती फरार भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए ।
फरार घर्तीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । दुईजनाबीच पटक–पटक विवाद हुँदै आएको छिमेकीले बताएका छन् । मीनाको हत्या भएको १३ घन्टापछि मात्रै प्रहरीले खबर पाएको थियो ।