१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

सांगीतिक कार्यक्रममा भागदौड मच्चिँदा युगान्डामा नौको मृत्यु, सयौँ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:११:oo

युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा मच्चिएको भागदौडमा कम्तीमा नौजनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्।

प्रहरीका अनुसार नयाँ वर्षमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएका कैयौँ किशाेरकिशोरीहरू भागदौडमा घाइते भएका थिए।  

उक्त घटना मध्यरातमा भएको थियो। कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिहरूलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड मच्चिएको थियो। 

भागदौड मच्चिएलगत्तै पाँचजनाको मृत्य भएको थियो। अन्य थुप्रै घाइते भएका छन्। अन्य केहीको उपचारका क्रममा मृत्यु भएको अलजजिराले जनाएकाे छ। 

ad
ad