१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

कस्ताे बन्याे पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल ? [फोटोफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:३१:oo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि सञ्चालनमा आएकाे छ। अंग्रेजी नयाँ वर्षको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार विमानस्थल उद्घाटन गरेका छन्।  

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थलमा आन्तरिक उडान र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएकाे छ। नेपालमै पहिलोपटक जहाजमा यात्रु चढाउन र झार्नका लागि एरोब्रिज बनाइएको छ। हाल विमानस्थल बिहानदेखि बेलुका पाँच बजेसम्म मात्र सञ्चालन हुने र आगामी २३ फेब्रुअरीपछि दैनिक १८ घन्टा सञ्चालन हुने बताइएकाे छ। 

चीन सरकारको सहुलियत ऋण सहयोगमा विमानस्थल निर्माण गरिएको हो। विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर (करिब २२ अर्ब) ऋण उपलब्ध गराएको थियो। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र दुई हजार पाँच सय मिटर लामो धावनमार्ग छ। 


 

फिचर तस्बिर : राेहितराज पराजुली/नयाँ पत्रिका

 

ad
ad