१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १७ आइतबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १७ आइतबार १४:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

आर्टमान्डुले सार्वजनिक गर्‍याे म्युजिकल फिल्म ‘चन्द्रमा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १७ आइतबार १४:५६:oo

आर्टमान्डुले नयाँ म्युजिकल फिल्म ‘चन्द्रमा’ सार्वजनिक गरेको छ।  ‘तिनपाते’, ‘के माया लाग्छ र ?’, ‘घुमीघुमी’जस्ता चर्चित गीत र भिडियोमार्फत लोकप्रिय बनेका निर्देशक नवीन चौहानले आर्टमान्डुको यट्युब च्यानलमार्फत म्युजिकल फिल्म सार्वजनिक गरेका हुन्।

गीतको भिडियोमा सविन कार्की विष्ट, मल्लिका महतका साथै सनाया लिम्बूले अभिनय गरेका छन्। गीतमा फेम्ड एसडी योगी र  रेश्मा पुनले आवाज दिएका छन्। सुष्मा सिग्देलको शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ भने सुशान्त गौतमको संगीत सुन्न सकिन्छ।

निर्देशक चौहानले यस म्युजिकल फिल्ममार्फत चर्चित चाइनिज फिल्म निर्देशक झांग यी माओ र उनको फिल्म ‘द रोड होम’लाई ट्रिब्युट दिएको बताएका छन्। म्युजिकल फिल्म ‘चन्द्रमा’मा योगेश दाहालको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन र रङ संयोजन छ।

ad
ad
ad
ad