मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १७ आइतबार ०७:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिविमा २२ दिन हिउँदे बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १७ आइतबार ०७:५९:००

त्रिभुवन विश्वविद्यालयले जाडो बढेसँगै हिउँदे बिदा दिने भएको छ । त्रिविअन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा आइतबारदेखि हिउँदे बिदा दिने भएको हो । 

त्रिवि कार्यकारी परिषद्ले १७ पुसदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए । उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए । 

हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आंगिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पस छन् ।