१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १७ आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष १७ आइतबार o७:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ किसिमको चुनौती देखापर्‍यो : नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष १७ आइतबार o७:२६:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ किसिमको चुनौती देखापरेको बताएका छन् । शनिबारदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले समयमै विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग हुन पुगेको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले वचन तोड्दा वाम–लोकतान्त्रिक गठबन्धन भंग भएको र नयाँ गठबन्धन बनेको नेपालको भनाइ उद्धृत गर्दैे एक नेताले जानकारी दिए । नयाँ परिस्थितिको विश्लेषण गरेर अगाडि बढ्न नसक्दा अप्रत्याशित घटना भएको नोपलको भनाइ थियो ।

‘अप्रत्याशित घटनापछि गठबन्धन भंग भएको छ । नयाँ गठबन्धनले कस्तो नीति लिन्छ हेर्न बाँकी नै छ । विगतमा वामपन्थीलाई दिएको जनमतको सदुपयोग हुन नसकेको परिप्रेक्ष्यमा आगामी यात्राबारे ठोस निर्णय गर्नुपर्नेछ,’ नेपालले भनेका थिए, ‘पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेन्डाका साथ अगाडि बढनुपर्छ । देशव्यापी अभियान अगाडि बढाउने गरी निर्णयमा पुग्नुपर्छ ।’ 

सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माण गर्न आवश्यक पर्ने राजनीतिक तथा वैचारिक हतियारलाई चुुस्तदुरुस्त पार्नुपर्नेमा जोड दिए । उनले पार्टी सञ्चालनका समग्र विषयमा बृहत् समीक्षा आवश्यक भएको औँल्याए । ‘पार्टीलाई चुस्तचुरुस्त बनाएर लैजानुपर्छ । स्थानीय, प्रदेश र संघको निर्वाचनको गम्भीर ढंगले समीक्षा गरेर आगामी रणनीति तयार गर्नुपर्छ,’ उनले भने ।

एकता हल्ला मात्रै, संगठन निर्माणमा जोड
ठोस निर्णय नभएको अवस्थामा पार्टी एकताको विषय उठाउनै नहुने सुझाव नेताहरूको छ । संगठन निर्माणको योजना बनाएर पार्टीलाई बलियो बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । एमालेसँग एकता गर्नुपर्ने पक्षमा उभिएका नेता मुकुन्द न्यौपानेले पनि तत्काल एकताको वातावरण नबनेको बताएको एक नेताले जानकारी दिए । ‘उहाँ पनि आजको बैठकमा फरक रूपमा प्रस्तुत हुनुभयो । उहाँको धारणा पनि विगतको भन्दा फरक थियो,’ ती नेताले भने ।

संगठनलाई सदृढ बनाएर जानुपर्नेमा नेताहरू एकमत छन् । बृहत् वाम एकताको आवश्यकता औँल्याएका नेताहरूले समेत एमाले वा माओवादीसँग एकता गर्न नहुने सुझाव दिएका छन् । ‘कुनै पनि दलसँग एकताको कुरा भएको छैन । बृहत् वाम एकताको पक्षमा हो भने अगाडि बढ्न सकिन्छ । यथास्थितिमा एमाले वा माओवादीसँग एकता हुने सम्भावना छैन,’ रायमाझीले भने । एमालेले अफवाह फैलाएकाले एकताको विषयमा छलफल गरेर समय खेर फाल्न नहुनेमा अधिकांश सदस्य एकमत देखिएका छन् । ‘एकता हुन लाग्यो भनेर बजारमा हल्ला चलेको छ । तर, हामी नहुने एकताको विषयमा छलफल गरेर समय खेर फाल्ने पक्षमा छैनौँ,’ उपाध्यक्ष साहले भने । 

भण्डारीले पनि एकताको विषयमा छलफल गर्न आवश्यक नठानिएको बताए । ‘एकताको विषयमा एमालेले नै ढोका बन्द गरेकाले छलफल गर्न आवश्यक ठानिएन । साना कम्युनिस्ट पार्टीलाई एकत्रित गरेर अगाडि बढ्न सकिन्छ । बृहत् वाम एकता गर्न सकिन्छ । तर, माओवादी वा एमालेसँग तत्काल एकताको सम्भावना छैन,’ उनले भने ।

दुई दिनसम्म भूगोल र गैरभूगोलका नेता तथा कार्यकर्तासँग परामर्श गरेर निर्णय लिन एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो । बैठक आइतबार पनि बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठपछि पोलिटब्युरो बैठक बस्नेछ । खतिवडाले एमालेले आधिकारिक रूपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको पनि स्पष्ट पारे । उनले पार्टी विलय वा एकीकरण गर्ने कुनै काम नगरेको र रुचि पनि नरहेको बताए ।

ad
ad
ad
ad