१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हराएका ७ हजार ५ सयमध्ये झन्डै ६ हजारको अवस्था अज्ञात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:४५:oo

खोजतलासका लागि निवेदन दिएकामध्ये पाँच हजार ९३८ जनाको अवस्था अज्ञात रहेको एक गैरसरकारी संस्थाले जनाएको छ। सन् २००२–२०२२ सम्म खोजतलासका लागि सात हजार ५७२ वटा निवेदन परेकोमा एक हजार ६३८ जना मात्र फेला परेको माइती नेपाल नेपालगन्ज शाखाले शनिबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। 

२० वर्षको अवधिमा श्रम र यौन शोषणमा परेका तीन सय ६५ जनाको भारतलगायतका देशबाट उद्धार गरिएको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बताए। 

सन् २०२२ मा यौन तथा श्रम शोषणमा परेका नौजनालाई भारतबाट र एकजनालाई खाडी मुलुकबाट गरी १० जनाको उद्धार गरेर घरमा पुनर्मिलन गराइएको उनले बताए।

माइती नेपाल नेपालगन्जले एक वर्षको अवधिमा असुरक्षित बसाइँसराइ गरिरहेका पाँच सय २९ जनालाई नेपालगन्ज नाकाबाट उद्धार गरिएको जनाएको छ। घरेलु हिंसामा परेको भन्दै न्यायका लागि १० जनाले निवेदनकोमा सातवटा विवाद समाधान गरिएको कोइरालाको भनाइ छ। 

२० वर्षको अवधिमा चार सय ४६ वटा निवेदन परेकोमा तीन सय ५३ वटा समाधान हुन नसकेको उनले बताए। ‘माइती नेपालले नेपालगन्ज नाकामा काम गर्न लागेदेखि मानव बेचबिखनमा परेको भन्दै १८८ वटा उजुरी परेकोमा ९३ जनाको पक्षमा फैसला भएको छ। सन् २०२२ मा मानव बेचबिखनका कुनै उजुरी परेन,’ उनले भने।  
 

ad
ad