१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
फाइल तस्बिर
२o८१ जेठ ३ बिहीबार १७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मधेसी आयोगका अध्यक्ष भन्छन्- मधेसीलाई मत र करको लागि मात्रै प्रयोग गरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:३२:oo

मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मधेसी समुदायलाई मतदाता र करदाताको रूपमा मात्र प्रयोग गरिएको बताएका छन्। उदयपुरको गाईघाटमा मधेसी समाजको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राजनीतिक तथा प्रशासनिक तहमा मधेसी समुदायको पहुँच अझै पनि न्यून रहेकाले विभिन्न समयमा मधेसी समुदाय भेदभाव तथा अत्याचारको सिकार हुनुपरेको दत्तले उल्लेख गरे। विभिन्न सरकारहरू आए पनि मधेसीको समस्या जस्ताको त्यस्तै रहेको बताउँदै उनले ती समस्याहरूप्रति सरकार उदासीन रहेको टिप्पणी गरे।

अध्यक्ष डा.दत्तले मधेसीहरूको हकहितका लागि विभिन्न संगठनहरू दर्ता भए पनि मधेसीहरू आफैँमा संगठित नभएकोमा उनले चिन्ता व्यक्त गरे। फरक प्रसंगमा उनले सांसदहरूले ‘मधेसी भाषा’मा शपथ गरेको विषयमा संसद् सचिवालयबाट अहिलेसम्म कुनै जवाफ नआउनु गम्भीर विषय रहेको बताए।

ad
ad