मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १४ बिहीबार १९:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

'विशिष्ट'को सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १९:५o:oo

विशिष्ट व्यक्तिको सुरक्षा तथा गृह मन्त्रालयमा खटिएका एक सय ९४ सुरक्षाकर्मी नियमित डिउटीमा खटिएका छन्। 

गृह मन्त्रालयले कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल प्रहरीबाट एक सय ३ तथा सशस्त्र प्रहरीबाट ९१ जना फिर्ता भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। 

एक सय ९४ मध्ये ६० जना गृह मन्त्रालयबाट फिर्ता भएका छन्। गृह मन्त्रालयमा २९ जना सशस्त्र प्रहरी र ३१ जना नेपाल प्रहरीका कर्मचारी कार्यरत थिए। धेरैजसो कर्मचारीको चालकको रूपमा कार्यरत उनीहरूलाई फिर्ता गरिएको छ। 

गृह मन्त्रालयले मंगलबार कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न ४८ घन्टाको ताकेता गरेको थियो।