मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ पौष १४ बिहीबार १o:१७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

१० किलो मलका लागि यो सास्ती (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १o:१७:oo

कालोबजारीमा महँगो मूल्यमा मल पाउँदै गर्दा साधारण किसान भने नागरिकता र बोरा बोकेर यो चिसोमा मलको लाइनमा छन् । यो दृश्य भरतपुर– १३ पाखुरी चोक कृषि सहकारी संस्थाको हो । यहाँ २५ बोरा मल आएको छ । ७ बजेदेखि मलको प्रतीक्षामा रहेका किसानलाई १० केजीको दरले वितरण गरिँदै छ ।

 

तीन सय ७८ जना सेयर सदस्य रहेको यस सहकारीमा एक सय २५ जनाले मात्र आज मल पाउने सहकारीका व्यवस्थापक लक्ष्मण आचार्यले बताए ।

यो सहकारीमा १५ दिनअघि डिएपी मल आएको थियो भने एक महिनापछि मात्र युरिया मल आएको हो । विगतमा पनि सहकारीले पाँच र १० केजीका दरले मल वितरण गरेको थियो ।