१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १३ बुधबार
  • Sunday, 22 September, 2024
रमेश रावल सुर्खेत
२o७९ पौष १३ बुधबार १५:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली संसदीय दलको नेतामा एमालेबाट कँडेल र माओवादीका शर्मा चयन

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ पौष १३ बुधबार १५:२४:oo

कर्णालीमा एमालेको संसदीय दलको नेतामा यामलाल कँडेल र माओवादी केन्द्रको संसदीय दलको नेता राजकुमार शर्मा चयन भएका छन्। दुवै दलको बुधबार बसेको बैठकले कँडेल र शर्मालाई चयन गरेकाे हाे। 
 
एमालेमा विनोदकुमार शाहले संसदीय दलको नेता हुने आंकाक्षा राखे पनि अन्तिममा कँडेल सर्वसम्मत चयन भएका हुन्। माओवादी केन्द्रमा विन्दमान विष्टले आकांक्षा राखेको भए पनि अन्तिममा शर्मा सर्वसम्मत चयन भएका छन्। 

कर्णालीमा माओवादी केन्द्र र एमालेले मुख्यमन्त्री दाबी गरेका छन्। कर्णाली प्रदेश सभामा  एमालेका १० र माओवादी केन्द्रका १३ जना सांसद छन्। 

संसदीय दलको नेतामा चयन भएपछि एमालेका नेता कँडेल कर्णालीमा एमाले ठूलो पार्टी भएका कारणले मुख्यमन्त्रीको दाबी एमालेको नै रहेको बताए । ‘हामीले मुख्यमन्त्रीको दाबी गरेका छौँ,’ उनले भने, ‘जनमतका आधारमा एमाले सबैभन्दा ठूलो दल हो।’

माओवादी केन्द्रले पनि मुख्यमन्त्रीको दाबी गर्दै आएको छ। माओवादी केन्द्रले यसभन्दा अघि नै मुख्यमन्त्री दाबी राखेको माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन्। ‘कर्णालीको मुख्यमन्त्रीमा माओवादीको दाबी यसअघि नै अध्यक्ष कमरेड प्रचण्डलाई बुझाएका छौँ,’ उनले भनिन्, ‘मुख्यमन्त्रीमा हाम्रो दाबी स्वाभाविकै रूपमा रहन्छ।’