१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारमा जाने–नजाने विषय कार्यकारिणी समितिले निर्धारण गर्छ : यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४o:oo

जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भूमिका सशक्त बनाउने बताएका छन्। 

बुधबार पार्टीको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले पार्टीको एजेन्डा, दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढंगले उठाउने बताएका हुन्।
 
उनले पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भूमिकालाई सशक्त रूपले निर्वाह गर्ने बताए। 

उनले जसपा वर्तमान परिवर्तन र संघीयताको बाहक भएको भन्दै आफूहरूले उत्पीडित समुदायको माग र मुद्दालाई उठाउने बताए। 

नेता यादवले पार्टी सरकारमा जाने–नजाने भन्ने विषयमा पार्टीको कार्यकारिणी समिति र राजनीतिक समितिको बैठकले निर्धारण गर्ने स्पष्ट पारे। 

बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव बुधबार पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन्। 

ad
ad