नेपाली कांग्रेसको शेखर कोइराला र गगनकुमार थापा समूह आन्तरिक छलफलमा जुटेकाे छ। बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, बलबहादुर केसीलगायत उपस्थित छन् ।
पछिल्लो घटनाक्रमबारे छलफल हुने जनाइएको छ । आगामी रणनीति, २२ पुसमा बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने तयारीलगायतमा छलफल हुँदै छ ।