१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १३ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका राजविराज
२o७९ पौष १३ बुधबार १o:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

आगोमा जलेर वृद्धको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o७९ पौष १३ बुधबार १o:o७:oo

सप्तरीको बोदे बरसाइनमा  गएराति आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । आगाेमा परी एकजना घाइते भएका छन् ।

घुरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा बोदे बरसाइन नगरपालिका– ४ सिल्हटमा ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको हो । भैँसीगोठमा सुतेका राउतको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।

सो आगलागीमा परेर राउतकै नाति २५ वर्षीय धर्मदेव पाल पनि समान्य घाइते भएका छन् । आगलागीबाट गोठमा रहेको एउटा राँगा र एउटा भैँसी पनि जलेर मरेको छ भने दुई भैँसी जलेर घाइते भएको प्रहरी निरीक्षक सिंहले बताए ।

ad
ad
ad
ad