१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ११ सोमबार १९:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड मन्त्रिपरिषद्काे पहिलो बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार १९:५६:oo

प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे ६ बजे बस्ने भनिएको बैठक पौने ८ बजे सुरु भएको हो। पहिलो बैठकको एजेन्डा भने तय भएको छैन।

प्रचण्ड नेतृत्वको नयाँ सरकारले गर्ने पहिलो निर्णयलाई धेरैले चासोका साथ हेरिरहेका छन्। आज गठन गरिएको आठ सदस्यीय मन्त्रिपरिषदमा तीनजना उपप्रधानमन्त्री छन्। 

उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने नियुक्त भएका छन्। 

यस्तै, चारजना विनाविभागीय मन्त्री ज्वालाकुमारी साह, अब्दुल खान, दामोदर भण्डारी र राजेन्द्रकुमार राईले समेत शपथ लिएका छन्।