मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Wednesday, 18 December, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ११ सोमबार ११:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिलो चरणमा माओवादीबाट नारायणकाजी मन्त्री बन्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार ११:२३:oo

माओवादी केन्द्रको तर्फबाट पहिलो चरणमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीका तर्फबाट पहिलो चरणको मन्त्रिमण्डलमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको जानकारी दिए। ‘आज ४ बजेको शपथपछि सानो मन्त्रिपरिषद् बन्छ। हाम्रो पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पहिलो चरणमा मन्त्री बन्नुहुन्छ,’ उनले भने।

यसअघि नेपाली कांग्रेससँगको गठबन्धनमा उसले धोका दिएको महराले बताए। पहिलो चरणमा माओवादीले नेतृत्व गर्ने सहमति भए पनि कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि विकल्प खोज्नुपरेको उनले प्रस्टीकरण दिए।