१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १० आइतबार
  • Saturday, 06 July, 2024
२o७९ पौष १० आइतबार ११:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

चण्डेश्वरी साकोसले पायो एसियालीस्तरको ब्रान्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १० आइतबार ११:५६:oo

 बनेपा नगरपालिका–७ मा रहेको बचत तथा ऋण सहकारी संस्था चण्डेश्वरी साकोसले एसियालीस्तरको एक्सेस ब्रान्ड पाएको छ । पछिल्लोपटक (०७६) मा नेपालका २६ वटा सहकारीले सो ब्रान्ड पाएको भए तापनि यस वर्ष त्यसलाई चण्डेश्वरी साकोसले मात्र निरन्तरता दिन सकेको छ । पछिल्लोपटक ०७६ को एक्सेस अडिटमा पनि यस संस्थाले ब्रान्ड पाएको थियो ।

यस वर्ष (सन् २०२२/०२३) एसियालीस्तरको स्तरीकरण कार्यक्रमअन्तर्गत उक्त संस्थाले मात्रै एक्सेस ब्रोन्ज (कांस्य स्तर) ब्रान्ड प्राप्त गर्न सफल भएको सहकारीका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले बताए । एक्सेस ब्रान्डको घोषणा एसियाली ऋण महासंघको नोभेम्बरमा प्रकाशित अक्कु न्युज लेटरमार्फत गरिएको थियो । चण्डेश्वरीबाहेक अन्य सहकारीले अन्तिम परीक्षण नै नगराएको उनको भनाइ छ ।

नेपालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र एसियाली ऋण महासंघ (अक्कु)को प्राविधिक सहकार्यमा एसियालीस्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम सञ्चालन हुँदै आएकोमा साकोसले ब्रान्ड पाएको दाहालले जानकारी दिए । एक्सेस ब्रान्डिङ कार्यक्रमले संस्थामा चार आयामअन्तर्गत वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्य सञ्चालन प्रक्रियाको पक्ष र सिकाइ तथा वृद्धि पक्षको अनुगमन गर्छ ।नेफ्स्कुनले यसै वर्ष बागमती प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाका रूपमा पनि चण्डेश्वरी साकोसलाई पुरस्कृत गरेको छ । 

ad
ad
ad
ad