१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १० आइतबार
  • Saturday, 29 June, 2024
रासस काठमाडौं
२o७९ पौष १० आइतबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा चिसो

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १० आइतबार ११:४५:oo

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ। यहाँको न्यूनतम तापक्रम आज ४.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस मापन गरिएको थियो। केही दिनयता काठमाडौंसहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ। पुस लागेसँगै देशभर चिसो बढेको छ।

यसैगरी आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५.६ डिग्री सेल्सियसमा झरेको छ भने जोमसोमको माइनस ६.१ र जिरीको माइनस ०.७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिए।

नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यही प्रभावका कारण आज पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद् भट्टराईले जानकारी दिए। उनका अनुसार आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ। काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भने मौसम आंशिक मात्रै बदली हुने अनुमान गरिएको महाशाखाले जनाएको छ।

शनिबार कास्की, खोटाङ र म्यादीका केही ठाउँमा पानी परेको थियो। महाशाखाका अनुसार कास्कीको माछापुच्छ्रे बेस क्याम्पमा ३.६ मिलिमिटर, म्यादीको घोरेपानीमा १.५ मिलिमिटर र खोटाङको दूधकोकोसीमा २ मिलिमिटर पानी परेको मापन गरिएको छ।

ad
ad
ad
ad